१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर राज्यको दृष्टिमै परेनः डा. तोसिमा कार्की



ललितपुर, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले ललितपुर क्षेत्र काठमाडौं उपत्यकाको मात्रै नभई राज्यकै दृष्टिमा समेत हेपिएको बताएकी छन्। शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै डा.कार्कीले काठमाडौं उपत्यकाभित्र पनि ललिपुर क्षेत्र राज्यको दृष्टिमा नपरेको बताइन्।
उनले भनिन्, ‘काठमाडौ उपत्यकाभित्र ललितपुर क्षेत्र हेपिएको मात्रै होइन, राज्यको दृष्टिमै नपरेको भान हुन्छ। पानी परे हिलो, घाम लागे धुलो। पानी हाले चिप्लेर लड्ने, नहाले दम(खोकीले मार्ने। नेपाल सरकारको प्रस्तावित आवास क्षेत्रको सबैभन्दा ठूलो निजी अस्पताल जाने नख्खु, भैंसेपाटीको सडक निर्माण कहिले टुंग्गो लाग्छ ?’

डा.कार्कीले चुनिखेल–फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र भएको, सातदोबाटो, कान्ति राजपथ मुआब्जाका कारण अलपत्र परेको बताउँदै सडक विभाग, काठमाडौं उपत्यका, खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरिन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।