२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सम्झना सहकारीद्वारा २५ सय कृषकलाई निःशुल्क विउविजन वितरण



चापागाँउ
१२ फागुन । ललितपुरको चापागाँउमा कार्यालय खोलेर दक्षिण ललितपुर आसपासका किसानलाई वित्तीय सेवा दिइरहेको सम्झना कृषि सहकारी संस्थाले करिव २५ सय किसानलाई निःशुल्क विउ विजन वितरण गरेको छ ।
शुक्रबार चापागाँउमा आयोजित विशेष कार्यक्रममा बालबचत गर्ने बचतकर्ता सदस्यहरु,उत्कृष्ट र सर्वोत्कृष्ट केन्द्रहरु सहित करिव २ सयभन्दा धेरैलाई विशेष सम्मान गरेको हो ।
सहकारीले राम्रो कारोवार गरेका ८५ सहकारी, उत्कृष्ट २३ सहकारी र सर्वोत्कृष्ट ८ सहकारीलाई सम्मान गरेको छ ।
कार्यक्रममा सहकारीले १ सयभन्दा धेरै वाल वचत गरि सहकारीमा योगदान दिनेहरु वालवालिकालाई सम्मान गरिएको थियो ।
सहकारीका पुर्वअध्यक्ष पुरुषोत्तम हुमागाईले सहकारी क्षेत्रमा संकट आइरहे पनि सम्झना सहकारीले विस्तारै सञ्जाल निमार्णलाई तिव्रता दिएको बताए । भने, ‘हामी उत्पादनमुलक क्षेत्रमा काम गरेर अघि बढेका छौं । हामीलाई समस्या छैन ।’
सहकारीका अध्यक्ष चुडा प्रसाद घिमिरेले अव सहकारीले बचत र शेयर बृद्धि अभियान सुरु गर्ने बताए । भने, ‘बचत बढाउनुस् । त्यो पैसा तपाईकै हो । चाहिएको बेला लैजानुस् ।’
कार्यक्रममा सहकारीकी लेखापाल सुशीला गौत्तमलाई विदाई गरिएको थियो । उनी रोजगारीका लागि जापान जाने भएकी छिन् ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  २ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।