२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमालेद्वारा ‘मिसन ग्रासरुट’ अभियान सुरु, संगठन विस्तार हुने




ललितखबर
१३ फागुन । ललितपुर एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुरलाई तीन भागमा विभाजन गरेर संगठन विस्तार अभियान ‘मिसन ग्रासरुट’ शुभारम्भ गरिएको जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यले ललितपुर खबरलाई जानकारी दिएका छन् ।
पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे,सचिव गोकर्ण विष्टलगायत नेताहरुको उपस्थितीमा अभियन शुभारम्भ गरिएको हो ।
जिल्लाको नेतृत्व जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले गर्नेछन् । अभियानले पार्टी सदस्यता नविकरण,सदस्यता वितरण,जनसंगठनका काम व्यवस्थापन,टोलटोसम्मै कमिटी निर्माण,प्रशिक्षणहरु सञ्चालनलगायतका काम अभियानकै रुपमा सञ्चालन गरिने अध्यक्षको भनाई छ । अभियान शुक्रबारबाट सुरु भई बैशाख ९ गतेसम्म चल्नेछ ।
उनका अनुसार दक्षिण ललितपुरको तीन गाँउपालिका कोञ्ज्योसोम, वागमती र महाकाल पहिलो कल्स्टर, गोदावरी र महालक्ष्मी दोश्रो र ललिलपुर महानगर तेश्रो कल्स्टर छुट्याइएको छ ।
पहिलो कल्स्टरमा पार्टी केन्द्रिय सदस्य विषमलाल अधिकारी, दोश्रो कल्स्टरको केन्द्रिय सदस्य धर्मदत्त देवकोटा र तेश्रो कल्स्टरको नेतृत्व महेश बस्नेतले नेतृत्व गर्ने छन् ।
अभियनको प्रदेशतर्फ नेतृत्व नेताहरु क्रमशः अमृत खड्का,नवराज सिलवाल,मधुसुदन पौडेल,चेतनाथ सञ्जेल,प्रेम महर्जन,बाबुकाजी प्रधानजीवन खड्का,रामहरि बजगाई र चिरिञ्जीवी आचार्य तोकिएका छन् ।

 

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।