८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा मृत अवस्थामा दुई जना भेटिए




काठमाडौं
१२ फागुन । काठमाडौंमा मृत अवस्थामा दुई जना भेटिएका छन् ।
काठमाडौंका दुई जना मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका ६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका ५ बस्ने ५५ वर्षीय पुण्य प्रसाद चौलागाई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ कपन डेरा गरी बस्ने इलाम घर भएकी ३६ वर्षीया सरु अर्याल राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ३ : २२ बजे