२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरले खारेज गरिदियो १० सहकारी संस्था




१४ फागुन । ललितपुर महानगरले निया पुरा नगरेको भन्दै १० वटा सहकारी संस्था खारेज नै गरि दिएको छ ।
यहाँका महिला सिप विकास बहुउद्दे्श्यीय सहकारी,बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी,एभरग्रीन बचत तथा ऋण सहकारी,कुसुन्ती बहुउद्देश्यीय सहकारी,पारषीदेवि महिला बचत तथा ऋण सहकारी,राजबृक्ष जडिबुटी सहकारी,एभरेष्ट कसषि सहकारी,रातो सूर्य सूचना तथा सञ्चार सहकारी,भृगेश्वर उपभोक्त सहकारीसंस्था महानगरले खारेज गरिदिएको हो ।
महानगरले सहकारी ऐन,२०७५को दफा २९ कोउपदफ(२) बमोजिम काम नगरेको भन्दै उक्त सहकारीहरु खारेज गरेको हो । सहकारीहरुले आर्थिक बर्ष पुरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको,लेखा परिक्षण गरि विवरण बुझाउनु पर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।

महानगरले गत असार १५मा आर्थिक अभियान दैनिकमा सूचना प्रकाशित गरेर ३५ दिनभित्र सम्पर्कमा आउन र प्रकृया पुरा गर्न भनेको थियो । तर कुनै पनि सहकारी सम्पर्कमा नआएपछि गत माघ २९ गते खारेज गर्ने निर्णय भएको महानगरको सहकारी शाखा प्रमुख देवप्रसाद गुरागाईले जानकारी द्एिका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।