११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा वर्षा




काठमाडौं, १४ फागुन । काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ। आइतबार दिउँसोबाट उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको थिएन। यसअघि असोज २८ गते मात्र उपत्यकामा पानी परेको थियो। आइतबार उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भएको हो।
अहिले काठमाडौं उपत्यकाभित्र ललितपुर, काठमाडौं र भक्तपुरका केही ठाउँमा हल्का वर्ष भइरहेको छ। तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।