२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर गोंगटीमा पाँच किशोरी बन्धक



ललितपुर, १४ फागुन । भिजिट भिषामा नेपाल बस्दै आएका चिनियाँ नागरिक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार किशोरीहरूलाई ललाइफकाई बोलाएर बन्धक बनाएको सूचना सीआइबीले प्राप्त गरेको थियो। जिल्लामा बस्ने किशोरीहरूलाई आर्थिक प्रलोभन दिएर काठमाडौं बोलाउने र यौन शोषण गर्ने गरेको भन्दै चिनियाँ नागरिक याङ लिमिङ पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार उनले ललितपुरको गोंगटीमा पाँच जना किशोरीलाई बन्धक बनाएका थिए। पाँच जना किशोरीलाई उद्धार गरिएको छ। याङले दुई जना किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ। बन्धक बनाएका पाँच जनामध्ये एक किशोरीले परिवारमा सूचना दिएकी थिइन। उनको परिवारको गोप्य सूचनाका आधारमा चिनियाँ नागरिक पक्राउ परेका हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।