७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सिंहदरबारभित्रकै क्यान्टिनमा दुर्गन्धित खाद्य वस्तु, ३ लाख जरिवाना



काठमाडौं, १५ फागुन । काठमाडौं सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार आकस्मिक अनुगमन गरेको छ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खान अयोग्य वस्तु फेला परेको हो।

अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थको अलवा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरिएको छ।

साथै, उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको हुँदा तत्काल ३ लाख जरिवाना समेत गरिएको छ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।