१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


किन पक्राउ परे विन्ध्यावासिनी म्युजिकका सञ्चालक सुवास ?




काठमाडौं । विन्ध्यावासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी अहिले प्रहरी हिरासतमा छन् । केही समयअघि नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई साइबर अपराधको अभियोगमा उनी पक्राउ परेका थिए ।
उनीविरुद्ध ४ जना कलाकारले उजुरी दिएको प्रहरी श्रोतले जानकारी दिएको छ ।
गीतकार संघका तत्कालीन सचिव महेश आचार्यले संगित रोयल्टी संकलन समाजको कार्यसमितिलाई भ्रष्टाचारी र अवैधानिक एवं नैतिकहिन भएको आरोप लगाइ सञ्चारमाध्यममा अन्र्तवार्ता दिएको विषयलाई भएको झगडालाई साइवर क्राइमको उजुरी परेको हो । उनले सो अन्र्तवार्ता र आफ्नो भनाई सहित फेसबुकमा शेयर गरेको र आलोचनापछि हटाएका थिए ।
उनलाई साइवर क्राइमको अभियोगमा ९० दिनभित्र उजुरी दिनु पर्नेमा हदम्यादपछि पक्राउ परेको अधिवक्ता गणेश कुमार शर्माले बताउछन् । उनका अनुसार विद्युतीय कारोबार ऐनअनुसार कसैले विद्युतीय माध्यम प्रयोग गरेर चरित्रहत्या गरेको पाइएमा ९० दिनभित्र उजुरी दिइसक्नुपर्ने पर्छ । तर, सुवास भने त्यो स्टाटस लेखेको १ सय २० दिनभन्दा बढी समयपछि पक्राउ परेका हुन् । करिब ६ महिना अगाडि फेसबुकमा लेखेको स्टाटसको आधारमा सुवास पक्राउ परेको खुलेको छ ।
थाइल्यान्ड भ्रमणमा रहेका बेला उनीविरुद्ध साइबर क्राइममा उजुरी दर्ता भएको थियो । अनुसन्धानको क्रममा २ पटक म्याद थप भएर अहिले उनी प्रहरी हिरासतमा छन् ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : १९ बजे