११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रत्नपार्कमा यौनकर्मीको सधै झगडा




ललित खबर
काठमाडौं । राजधानीको मुटु रत्नपार्क । यहाँ उत्तिकै भीड हुन्छ । यही भीडमा केही युवाहरु सधै उभिएका देखिन्छन् । बारमा छोटा कपडा लगाएका युवतीहरु पनि कसैलाई पर्खिरहे झैं उभिएका देखिन्छन् ।
रत्नपार्कमा यी उभिने र पर्खिनेहरु यौनकर्मी हुन् । यहाँ निर्वाध रुपमा यौनकर्म भइरहेको छ । यहाँ उभिएर बस्ने युवाहरुसँगै यौनकर्मीको सधै लफडा चल्छ । बेला बेलामा कुटपिट समेत हुने गरेको छ ।
उभिएका पुरुषसँग महिलाहरु कुरा गर्न आउछन् । कुरा नमिलेको खण्डमा यौनकर्मीले झापड लगाउछन् । यौनकर्मीले पुरुषलाई हात लगाउदा प्रतिवाद गरे रत्नपार्कका सबै यौनकर्मी झम्टन आउछन् । एक जना होइन, भएभरका सबै यौनकर्मीले आक्रमण गर्ने गरेका छन् ।


बेला बलामा रत्नपार्कका निर्दोष बुढापाका समेत पिडित बन्ने गरेको देख्न सकिन्छ ।
रत्नपार्कमा यौन धन्दा गर्दै आएकी एक युवतीले नाम नबताउने शर्तमा अपमान गरेको महसुस भए आफू सहन नसक्ने बताइन् । भनिन्, हाम्रो आत्मसम्मानमा चोट पुगे मात्रै झगडामा उत्रने हो । नत्र किन झगडा गर्नु ? उनले प्रतिप्रश्न गरिन् ।
आफू आफूबीच नै झगडा
रत्नपार्कमा तेश्रोलिंगी र महिला यौनकर्मीको अघोषित टक्कर छ । उनीहरु छुट्टा छुट्टै ठाँउमा उभिन्छन् । उनीहरुबीच समय समयमा झगडाले उग्ररुप लिन्छ ।
झगडाले उग्ररुप लिएपछि समय समयमा प्रहरी समेत आइपुग्छ । महानगरिय प्रहरी बृत्त सिहदरवारले उनीहरुलाई केही समय थुनेर अवदेखि झगडा नगर्ने शर्तमा छोड्ने गरेको छ ।

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : २२ बजे