१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती नदी संरक्षण गर्न छुट्टै कानून बन्दै



काठमाडौं, १६ फागुन । बागमती नदीको संरक्षणका लागि सरकारले छुट्टै कानून निर्माण गर्ने तयारी गरेको छ । शहरी विकास मन्त्रालयले बागमती नदी संरक्षण र विकास लागि छुट्टै ऐन बनाउनका लागि मस्यौदा निर्माण गर्न थालेको छ । शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार बागमती नदी संरक्षणका लागि कानून बनाउन मस्यौदा निर्माणको काम भइरहेको छ । बागमती संरक्षण तथा व्यवस्थापनको काम गर्न यसअघि मन्त्रीपरिषद्‌बाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आदेश, २०७३ निर्माण गरेर काम भइरहेकोमा अब ऐन बनाएर काम गर्ने तयारी गरिएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : ०२ बजे