२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका अव्यवस्थित तार हटाइने



ललितपुर, १७ फागुन । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन १० दिनको समय दिएको छ। नगर प्रमुख चिरीबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र काट्न निर्देशन दिएका हुन् ।
महानगरको चारवटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार हटाउन उनले निर्देशन दिएका हुन् ।
नगर प्रमुख महर्जनले दश दिन भित्र तार नकाटे महानगरले नै काट्ने बताएका हुन् । सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएको तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको नगर प्रमुख महर्जनले बताए ।
ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा आफूलाई भेट्न आएका विदेशी पाहुनाले ती असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गरेको स्मरण गर्दै नगर प्रमुख महर्जनले भने, ‘‘ललितपुरका मनमोहन सम्पदाका तस्बिर खिज्न खोज्छौँ। तर यी तार राम्रो तस्बिरका लागि बाधक भइदिन्छन् भन्ने गुनासो आएको छ।’’

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।