१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं पेप्सीकोला र भक्तपुरको निकोसेरामा चोरी



©lalitpurkhabar.comshyam phuyal

काठमाडौं
१८ फागुन । काठमाडौं पेप्सीकोला र भक्तपुरको निकोसेरा चोरी भएको छ । प्र्रहरीका अनुसार काठमाण्डौं महानगरपालिका ३२ पेप्सीकोला डेरा कोठा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–९ घर भएकी २९ वर्षीया दिपिका रोयलको कोठाबाट नगद २५ हजार रुपैयाँ, सुन तथा चाँदिको विभिन्न गहना, ल्यापटप गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।
साथै भक्तपुरको मध्पपुर ठिमी नगरपालिका ९ निकोसेरा चोक डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका ४ घर भएका ४४ वर्षीय खडग बहादुर श्रेष्ठको कोठाबाट नगद ३लाख ५० हजार रुपैयाँ बुधबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।