५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘छक्का पन्जा ४’ को सुखद सुरुवात



काठमाडौं
१९ पुस । आजबाट हलमा लागेको चलचित्र ‘छक्का पन्जा ४’को सुरुवाती आम्दानी सुखद रहने अवस्था देखिएको छ ।
नायक अनमोल केसीको आशालाग्दो चलचित्र छ्ड्केसँग जुधाएर चलाइएको चलचित्र ‘छक्का पन्जा ४’को पहिलो दिनको आम्दानी राम्रो हुने देखिएको निर्माण पक्षले बताएको छ ।
बिहानैदेखि राजधानीलगायत देशभरका हलहरुमा दर्शकको चाप भने बढेको छ । चलचित्रको बुकिङ राम्रो थिएन । तर हलमा चलचित्र ‘छक्का पन्जा ४’लागेपछि दर्शकको चाप धेरै देखिएको छ ।
चलचित्र हेरेर फर्केका दर्शकले चलचित्रलाई राम्रो र कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् ।
हेमराज बीसीको निर्देशनमा तयार भएको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वुद्धी तामाङ, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशीलगायतका कलाकारको अभिनय छ ।
दर्शक हलमा फर्किएपछि बिहानैदेखि यसका कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल हल दौडाहामा छन् ।
साँझपख नायक दिपकराज गिरीले दर्शकलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘तपाईहरूले नै बोले पछि मैले बोल्नु परेन । ’

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।