५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


किर्तिपुर विएएमएस ईन्टर्नसीपका डाक्टरहरु आन्दोलनमा,अस्पतालमा तालाबन्दी



काठमाडौं
१९ फागुन । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका विएएमएस तहका ईन्टर्नसीप डाक्टरहरु एक शुत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनमा छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएका अस्पतालमा निर्धारित समयसम्मै इन्र्टन गर्न पाउनु पर्ने माग राखी आन्दोलित भएका हुन् । धर्नाले मात्रै आफूहरुको माग सुनुवाइ नभएको भन्दै उनीहरुले विगत ८ दिनदेखि क्याम्पस तालाबन्दीसमेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
आन्दोलनको नेतृत्व गरिरहेका विएएमएस ईन्टर्न डा. शुनिल भुसालले आफूहरुलाई महिनामा एक जान पनि विरामी नआउने अस्पतालमा इन्र्टनका लागि पठाइएकाले आन्दोलनमा उत्रिनु परेको बताए । चिकित्सा विज्ञान प्रतिष्ठानले निर्धारण गरेको न्यूनतम् मापदण्डको ५० प्रतिशतपनि पुरा नभएको क्याम्पसमा आफूहरुलाई इन्र्टनमा पठाइँदा उत्पादीत जनशक्तिको गुणस्तरमा समेत प्रश्न उठ्ने अवस्था आएको उनले बताए ।
‘हामीलाई प्रदान गरिएको सेलेबस अनुसार छ महिनाको इन्टर्नसीप नरदेवीमा र छ महिनाको इन्टर्नसीप आयुर्वेद शिक्षण अस्पतालमा भनिएको थियो । सोही अनुसार हामीले पाउनु पर्छ भनेर माग गरेका थियौं । तर, हामीलाई सेलेबसमा उल्लेख गरिए अनुसार इन्टर्नमा पठाइएन । हामीले किन सेलेबसको अनुसार भएन भनेर प्रश्न गर्यौं । कहीबाट पनि उत्तर पाएनौं । हामी तालाबन्दी र धर्नामा छौं । हाम्रो मागकतैबाट पनि सुनिएन,’– भुसालले भने ।
आयुर्वेद जगतमा बेथितिहरु भए पनि मिडियाले समेत यस विषयमा बोल्न नचाहेको भन्दै उनले गुनासो पोखे ।
‘स्वास्थ्य क्षेत्रमा मिडियाको सरोकार छैन ?पोलिटिकल कन्टेन मात्रै उहाँहरुलाई चाहिएको हो ?चिकित्सा विधामा यस्ता अन्याय हुँदा सोच्नु पर्ने अवस्था छैन ?’– उनले प्रश्न गरे ।
आन्दोलन आफूहरुको बाध्यता भएको उनले बताए । बाध्य भएर तालाबन्दी र धर्नामा आउनु परेको उनको दाबी छ ।
आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका निमित्त क्याम्पस प्रमुख डा. देवबहादुर रोकाले विद्यार्थीको माग ठीक रहेको बताए । पत्रकार सम्मेलनमाउ पस्थित भएका रोकाले भने– ‘उहाँहरुको माग ठीक जस्तो लाग्यो । मेरो पालामा पनि इन्टर्नसीप गर्दा छ महिना किर्तिपुरमा भएको आयुर्वेद शिक्षण अस्पताल र छ महिना नरदेवीको पुरानो अस्पतालमा इन्टर्नसीप गराएर डिग्री दिने चलन थियो । अहिले पछि आएर नरदेवी अस्पतालको प्रशासनसँग क्याम्पस प्रसशानको के कुरा मिलेन ?त्यसो भएर त्यो डियुटीमा पठाउन नरदेवी अस्पतालको डाइरेक्टर मान्नु भएन । नमानेपछि यो इन्टर्नसीप कहाँ गर्ने भन्ने प्रश्न उठेको हो ।’
यो मुद्दाको समाधानका लागि क्याम्पस प्रमुख जिम्मेवार हुनुपर्ने उनले बताए । नरदेवी अस्पतालको डाइरेक्टरले नमानेमा माथिल्लो निकायलाई अनुरोध गरेर विद्यार्थीको इन्टर्नसीप पुरा गराउनुपर्ने उनको बुझाइ छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ५ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।