ललितखबर
२१ फागुन । मध्यललितपुरको गोदावरीमा म्याराथन (दौड) प्रतियोगिता आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाका अनुसार प्रतियोगिता जित्ने सहभागिलाई १ लाखसम्म पुरस्कार दिइने भएको छ ।
गोदावरी नगरपालिकाको स्थापना दिवसको सन्दर्भ पारेर आउँदो २७ गते शनिबार आयोजना गरिएको यस प्रतियोगिता २१ किलोमिटरको हाफ म्याराथन र अन्तर विद्यालय स्तरिय १० किलो मिटरको दौड प्रतियोगिता आयोजना हुने नगरपालिकाका कर्मचारी मोहन श्याम महर्जनले बताए । म्याराथन बज्रवाराहीबाट सुरु भएर गोदावरी विशंखु, गोदामचौर, ठैव, बाँडेगाँउ, झरुवाराशी हुँदै चापागाँउ आएर टुंगिने छ ।
म्याराथनमा भाग लिन हाफ म्याराथनका लागि ७ सय रुपैया र विद्यालय स्तरिय दौड प्रतियोगिताका लागि ५ सय रुपैया दर्ता शुल्क बुझाउनु पर्ने नियम बनाइएको महर्जनले बताएका छन् ।
हाफ म्यारानथ जित्नेले १ लाखदेखि र सातौंले १० हजारसम्म पुरुस्कार दिने भएको हो । विद्यालय स्तरिय प्रतियोतामा पहिलेलेले ३५ हजारदेखि सातौले ५ हजार पाउनेछ । कार्यक्रम बारे जानकारी दिन आज नगरपालिकाले पत्रकार सम्मेलन समेत आयोजना गर्दैछ ।
प्रतिक्रिया