११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आरआर क्याम्पसमा खुकुरी हानाहान



काठमाडौं, २७ फागुन । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस मा खुकुरी हानाहान भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको हो ।
नेकपा एकीकृत नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थीले एमालेनिकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको बताइएको छ । अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले खुकुरी आक्रमणबाट आफ्ना तीन जना विद्यार्थी घाइते भएको जानकारी दिएका छन् ।
उनका अनुसार राज न्यौपाने, अनिल बोहोरा र बिवेक गैरे घाइते भएका छन् । खडकाले समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको र त्यसक्रममा खुकुरी प्रहार भएको बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : ५२ बजे