२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता



काठमाडौं, २७ फागुन । जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ। शनिबार ती तीनै पार्टीका अध्यक्ष सीके राउत, महन्थ ठाकुर र रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेर सो सहमति गरेका हुन्।
‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ’, सहमति पत्रमा भनिएको छ।
शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता हुँदा लोसपा र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका थिए।
यसअघि गत पुस २४ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गर्ने सहमति गरेका थिए। उनीहरुबीचको सहमति पत्रको प्रस्तावना ‘विभिन्न मुद्दाहरुमा सहकार्य गर्ने राष्ट्रिय राजनीतिमा समन्वयकारी तथा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि तत्काल दुई पार्टीबीच मोर्चाबन्दी गर्ने’ उल्लेख थियो।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।