४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटन क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने षड्यन्त्र भयोः विद्यार्थी संगठन



ललितपुर, २८ फागुन । पाटन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने षडयन्त्र गरेको भन्दै ८ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। उनीहरुले तत्काल चुनावी कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। शनिबार स्ववियु चुनावको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो तर, नेपाली कांग्रेस निकट नपाल विद्यार्थी संगठनको केही विद्यार्थीले निर्वाचन कार्यालय तोडफोड गरेपछि मनोनयन प्रक्रिया रोकिएको थियो। आइतबार बिहानै विद्ययार्थी संगठनसँग सहमति जुटाउन सर्वपक्षीय बैठक हुँदा मुख्य निर्वाचन अधिकृतसहित सबै निर्वाचन अधिृतले राजीनामा दिएका थिए।

उनीहरुले कुनै दल विशेषको विद्यार्थी संगठनको योजनामा राजीनामा दिएर माहोल भाड्न खोजेको आरोप लगाएका छन्। ८ विद्यार्थी संगठनले चुनावमा कार्यगत एकता गरेका छन्। निर्वाचन अधिकृतले राजीनामा दिएपछि चुनाव अनिश्चत भएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेपाल क्रानितकारी विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ति निकाल्दै चुनाव नगर्ने षडयन्त्र भएको आरोप लगाएका हुन्।

उनीहरुले चुनावी प्रक्रिया सुरु नगरे क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। ‘अमुक पार्टीको सिफारिसमा क्याम्पस बनेका यस क्याम्पस प्रमुखले आफ्नो आस्था रहेको विद्यार्थी संगठन पराजय हुने देखेर चुनाव विथोल्न हरकत गरेको संयुक्त विद्यार्थी संगठनको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘रोकिएको निर्वाचन प्रक्रिया सुचारु नगरे क्याम्पस प्रमुखले तत्काल राजीनामा गरी निमित्त क्याम्पस प्रमुखबाट निर्वाचन गराउने आवश्यक निर्णय गर्न त्रिभुवन विश्वविद्यालय प्रशासनसँग माग गर्दछौँ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।