११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


निजी स्कुलहरुको शुल्क निर्धारण गर्दै ललितपुर महानगर



ललितपुर, २९ फागुन । ललितपुर महानगरले निजी निजी स्कुलहरुले विद्यार्थीसँग लिने शुल्क निर्धारण गर्ने तयारी गरेको जनाएको छ । ललितपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले विकासन्युजसँग कुरा गर्दै महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरुलाई नियमावलीका आधारमा वर्गिकरण गरेर शुल्क ट्युसन शुल्क तोक्ने तयारी भएको बताएका हुन् ।

ललितपुर महानगरपालिकाभित्र चालु शैक्षिक शत्रसम्म दुई सय ४२ वटा निजी स्कुल सञ्चालनमा रहेका छन् । ललितपुर महानगरपालिकाले अहिलेसम्म शिक्षा सम्बन्धी कानूनी व्यवस्था वा ऐन बनाइसकेको छैन् । त्यसैले संघीय तहको शिक्षा नियमावलीको आधारमा नै शुल्क निर्धारण गर्ने तयारी भइरहेको प्रमुख क्षेत्रीले बताए ।

स्कुलहरुको भौतिक पूर्वाधार, जनशक्ति लगायतका विभिन्न विषयहरुलाई लिएर महानगरले अहिले स्कुलहरुको बर्गिकरण गर्ने काम गरिरहेको छ । सोही आधारमा आगामी शैक्षिक शत्रबाट लागु हुनेगरी निजी स्कुलहरुको शुल्क निर्धारण हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ५२ बजे