ललितपुर, २९ फागुन । ललितपुर महानगर भित्रका विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रुपमा पढाइ हुने भएको छ । पुस्तक विद्यालयको आधारभूत तहसम्म लागू गर्ने गरी स्थानीय पाठ्यक्रमका रुपमा महानगरले उक्त पुस्तक तयार पारेको हो ।
ललितपुर महानगरले सडक सुरक्षा शिक्षा शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान औपचारिक रुपमा कक्षाकोठाबाट नै प्राप्त गर्ने भएका हुन् ।
सोमबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र विभिन्न विद्यालयका २० जना विद्यार्थीले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे । पुस्तक आधारभूत तहसम्म लागू गर्ने गरी तयार पारिएको छ ।
प्रतिक्रिया