४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाठक-पत्र


प्याङ्गाँउ टाहाखेल सडकमा खाल्टा खुल्टी किन ?



रमेश बजगाई
पछिल्लो समय ठेचो सडक पुरै कालोपत्र भयो । चापागाँउ सडक ढलान भयो ।
निर्वाचनको छेको पारेर गरिएका यी विकाश निर्माण स्थानीय निर्वाचनमा आफूलाई जिताउन मेयर गजेन्द्र महर्जनले बजेट पारेको गाईगुई हल्ला छ । तर प्याङ्गाँउदेखि टाहाखेलसम्मको सडक पुरै खाल्टा खुल्टी छ । सुनाकोठी ढोलाहिटी जहाँ त्यही टालियो तर यहाँ कसैले बास्ता गरेको छैन ।
प्रदेश र संघमा समेत जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । स्थानीय निकायमा पनि जनप्रतिनिधि छन् । तर दक्षिण ललितपुरको सदरमुकामको परिचय बोकेको चापागाँउ सडकमा धुलो र हिलोले बसिसक्नु छैन ।
सडक किनारमा गाडी पार्किङ, फुटपाथ नबनाउदा हिड्न मुस्किल छ । सडकमा हिड्दा दुर्घटनाको सास्ती छ । सम्बन्धि निकायले छिटो सडक कालोपत्र गरोस् भन्ने अनुरोध गर्दछु ।

(हामीलाई तपाईको गाँउघरका समस्याको बारेमा यस पाठक पत्र स्तम्भका लागि लेखेर पठाउन सक्नु हुन्छ । हामी प्रकाशित गर्नेछौं । साथमा तस्विर पनि पठाउनु होला । इमेल ठेगाना [email protected])

 

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ४ : ३७ बजे