७ असार २०८३, आइतबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


भैंसेपाटीबाट जुवा खेलेको आरोपमा १४ जना पक्राउ



ललितपुर, १ चैत । जुवा खेलेको आरोपमा ललितपुरको भैंसेपाटीबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार साँझ ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहराबाट १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
चन्दा मगरले जग्गा भाडामा लिएर बनाएको टहरामा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको टोलीले १४ जनालाई पक्राउ गरेको हो।

उनीहरूबाट एक लाख ६१ हजार ९८० रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेमा एक जना महिला र अन्य १४ जना छन्।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।