१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कलाकार संघमा सरिता राजोपाध्यायद्वारा उम्मेदवारी दर्ता



३ चैत्र । कलाकार संघको आसन्न निर्वाचनमा कलाकार सरिता राजोपाध्यायले पनि उम्मेदवार दिएकी छिन् । शनिबार राजोपाध्यायले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
उम्मेदवारी दर्ता गरेपछि नयाँ कलाकार र पुराना कलाकारबीचको दुरी कम गर्न आफुले भूमिका खेल्ने सरिताले ललितखबरलाई प्रतिकृया दिइन् । कलाकार कलाकारबीच राम्रो सम्बन्ध स्थापित गर्न  संघमा उपयुक्त नेतृत्व आवश्यक रहेको उनको भनाई छ ।
राजधानीमा शनिबार सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वको निर्वाचित गर्ने कार्यक्रम छ ।
कलाकार संघमा अभिनेत्री रेजिना उप्रेती र कलाकार मोहन निरौला प्यानल बनाएर प्रतिश्पर्धामा होमिएका छन् ।
उनले धेरै चलचित्रमा आफ्नो कला देखाइसकेकी छिन् । राजोपाध्याय ललितपुर चापागाँउकी बासिन्दा हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : १८ बजे