१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नमोबुद्धको कृषि रणनीति



काठमाडौं, ३ धुलिखेल । नमोबुद्ध नगरपालिकाले दीर्घकालीन योजनासहित कृषि रणनीति तय गर्ने भएको छ । ‘कृषि, व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान’ भन्ने नारासहित पालिकाले कृषि रणनीति तय गर्न लागेको हो ।

नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण गरी आगामी वर्षका लागि आवधिक योजनासहित रणनीति तर्जुमा गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । सबै क्षेत्रलाई योजनाबद्ध विकास गर्ने उद्देश्यअनुरुप कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि कृषि रणनीति तयार गर्न लागिएको उनले बताए ।

रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउनेलगायत विषय समावेश हुनेछन् । योजना निर्माणका लागि कार्यतालिकासहित जिम्मेवारी बाँडफाँट गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नम्बर ३ का अध्यक्ष रमेश तिवारीले बताए ।

कृषि योजना तर्जुमाका लागि ‘फोकल पर्सन’को व्यवस्था गरी पालिकाभित्र सरोकारवाला निकाय र नागरिकसँग छलफल गरिएको छ । छलफल, अध्ययन तथा दस्तावेजका आधारमा छिट्टै तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ३१ बजे