६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा एकै दिन ३ जना मृत अवस्थामा फेला



भक्तपुर
४ चैत्र । शुक्रबार राजधानीका फरक फरक ठाँउमा ३ जना मृत दअवस्थामा फेला परेबा छन् । प्रहरीका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित चम्पक इँट्टा भट्टामा काम गर्ने काभ्रे नमोवुद्ध नगरपालिका ४ घर भएका २७ वर्षीय सुकमान तामाङ यसै ठाँउमा इटा पार्ने व्यक्तिहरु बस्ने झ्याउलीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरकै सूर्यविनायक नगरपालिका ८ डोलेश्ववर जंगलमा हाल नाम थर नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौंको टोखा नगरपालिका ९ घर भई चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  २ : ०६ बजे