१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आज कलाकार संघको निर्वाचन, अभिनेत्री रेजिना र कलाकार मोहनबीच प्रतिश्पर्धा



ललितखबर
४ चैत्र । आज चलचित्र कलाकार संघको १९ औं महाधिवेशन राजधानीमा सुरु हुँदैछ ।
आज ८ बजेबाट सिंहदरवार बग्गी खानास्थित स्काई दरवार व्याङ्क्वेटमा महाधिवेशन उद्घाटन सुरु हुँदैछ ।
उद्घाटन सत्र समापन लगत्तै १२ बजेबाट बन्द सत्र सुरु हुने आयोजनकले जानकारी दिएको छ । बन्दसत्रको एजेण्डा नयाँ नेतृत्व निर्वाचन गर्ने कार्ययोजना छ ।
नयाँ नेतृत्वमा अभिनेत्री रेजिना उप्रेती र कलाकार मोहन निरौलाबीच प्रतिश्पर्धा हुँदैछ ।
दुवै आकाक्षीहरुले प्यानल सहित बुधबार र शुक्रबार राजधानीका सार्वजनिक गरेका थिए । प्यानलसहित निर्वाचनमा होकिएसँगै कलाकार संघमा गुटबन्दी सुरु भएको छ ।
कलाकार संघको निर्वाचनसँगै सामाजिक सञ्जालमा एकअर्काप्रति आरोप प्रत्यारोप गरिरहेका छन् ।
मोहन निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवको उम्मेदवार सविन श्रेष्ठ छन् । श्रेष्ठ अध्यक्ष पदको दावी गरे पनि महासचिवमा चित्त बुझाएर उम्मेदवारी दिन लागेका हुन् । निरौला प्यानलको सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल छिन् । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
निरौलाको प्यानलबाट सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा उम्मेदवार छन् ।
अभिनेत्री रेजिना उप्रेतीको उपाध्यक्षमा शिबहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा बिनोद कुमार भट्टराई सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ, लक्ष्मण चौलागाई, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाई, नितु कोइराला, भिमसेन बजगाई र दिनेश अवाल छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  २ : २३ बजे