७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


काठमाडौँमा आदर्श पत्रकारिता पुरस्कार स्थापना



५ चैत्र । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रु एक लाख एक हजार एक सय ११ राशिको आदर्श पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज पत्रकारलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो ।
शाखाले यही चैत २५ गते काठमाडौँमा आयोजना गर्ने अधिवेशनमा सो पुरस्कार वितरण गर्ने जनाइएको छ ।
शाखाको शनिबार सम्पन्न बैठकले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हालै पत्रकार तथा पत्रकार महासङ्घप्रति लक्षित गरी सार्वजनिक गरेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको सचिव महेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ११ बजे