१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


राजु सिंहको संगीतमा रवी र मिलनको ‘पहरी फूल २’ सार्वजनिक



काठमाडौं, ५ चैत ।  गायिका मिलन नेवार र गायक रवि ओडको स्वरमा ‘पहरी फूल २’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको संगीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ ।

प्रेमभाव झल्काउने गीतको भिडियोमा अभिनेता पुष्प खड्का र बिना राउतको अभिनय देख्न सकिन्छ । पहरी फूलको बारेमा वर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ ।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोतामाझ पुर्‍याउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताए । आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फूलको रुपमा सुन्दरता भरेको पहरी फूललाई चित्रण गरिएको छ ।

पहरामा फुलेको पहरी फूलले जीवनमा ल्याएको, मनमा उब्जिएको कौतुहलतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताइन् ।

प्रेम र रोदनलाई कलात्मकरुपमा गीतमा समेटिएको छ । नवराज खड्काको छायांकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १२ : ०४ बजे