२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको टेकु पुलमुनि र बागमतीमा २ जना मृत फेला



काठमाडौं, ५ चैत । काठमाडौंका छुट्टा छुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। आइतबार काठमाडौं महानगरपालिका १३ टेकु पुलमुनी पानीमा एक जना पुरुषको शव फेला परेको हो।
अन्दाजी ४२ वर्षीय पुरुषको हाल नाम, थर, वतन खुलेको छैन। यस्तै, काठमाडौंकै दक्षिणकाली नगरपालिका २ कोरीबाहाल बागमती खोलामा पनि एक पुरुषको शव फेला परेको छ। आइतबार फेला परेको उनको पनि पहिचान खुल्न सकेको छैन।
अन्दाजी ४० वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।