काठमाडौं
५ चैत्र । गायिका एलिना चौहानले अष्ट्रेलियामा बस्दै आएका गायक विष्णु सापकोटासँगको आफ्नो तस्वीर सार्वजनिक गर्दै उनीहरुको सम्बन्धमाथि बल पुग्ने क्याप्सन लेखेकी छिन् ।
विष्णु एलिनाबीचको प्रेम सम्बन्धमा थप पुष्टि गर्न सहयोग गर्ने यस तस्विरमा एलिनाले तिम्रो ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिंदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’
पछिल्लो समय निरन्तर टिकटकमा लगातार भिडियो पोस्ट गरेपछि विष्णु एलिनाबीच प्रेम सम्बन्ध रहेको चर्चा हुँदै आएको छ । गायिका चौहान र सापकोटा दुवैले खण्डन गरेका पनि छैनन् ।
उनको यो पोष्टमा विभिन्न प्रतिकृया आएको छ । धेरैले उनलाई प्रेमजोडी भन्दै बधाई समेत दिउका छन् ।
५ चैत्र २०७९, आइतबार
56
Shares
प्रतिक्रिया