८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नख्खु कारागारका कैदीलाई सीप विकासको तालिम



ललितपुर, ६ चैत । ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरुलाई सीप विकास तालिम दिन सुरु गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरुमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भर बनाउन महानगरले तालिम दिन सुरु गरेको जनाएको छ ।
पहिलो चरणमा नख्खु कारागारमा रहेका बन्दी मध्ये ६० जनाले तालिम लिदैंछन् । उनीहरुलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ । फर्निचरसम्बन्धी तालिम ३ महिना, बेकरीसम्बन्धी एक महिना र इलेक्ट्रिक तालिम तीन महिनाको हुने महानगरले जनाएको छ ।
तालिम उद्घाटन गर्दै महानगरप्रमुख चिरीबाबु महर्जनले नख्खु कारगारमा रहेका सबैलाई चरणबद्ध रुपमा महानगरले तालिम दिने बताए ।
कारागार प्रशासनका अनुसार नख्खु कारागारमा सोमबार एक हजार चार सय ५६ जना कैदीबन्दी छन् । यो संख्या स्थानान्तरणका कारण दिनैपिच्छे थपघट भइरहन्छ । नख्खु कारागारमा भएका मध्ये एक सय १ विदेशी कैदी छन् ।

ललितपुर प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विगत, वर्तमान र भविष्यको लागि जीवनलाई जोड्न तालिम अत्यावश्यक भएको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ४ : २१ बजे