५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कोरोनाविरुद्धको बुस्टर डोज दिइँदै



ललितपुर, ८ चैत । ललितपुरमा कोरोनाविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ।

स्वास्थ्य कार्यालय ललितपुरले आगामी बिहीबार र शुक्रबार दुईदिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागेको हो।

स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख सतिश विष्टले पत्रकार सम्मेलनमा ६ वटै स्थानीय तहका ५५ वर्षमाथिका वृद्धलाई बुष्टर डोजको दोस्रो मात्रा दिन लागेको बताए।

यस्तै अभियानमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवती महिला र दीर्घ रोग भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो चरणमा खोप दिइनेछ।

जिल्लामा ६४ हजारलाई बुस्टर डोज दिनुपर्ने प्रारम्भिक आँकडा रहेको विस्टले बताए। ५५ वर्ष माथिका सवै नागरिकहरूलाई पहिलो बुष्टर नलगाएकाहरूलाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने उनको भनाइ छ।

महांकाल गाउँपालिकाले भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी १०, ११ र १२ गते बुस्टर डोज कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।