१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


अब सुन्न र सहन सक्ने शक्ति छैन, कि सफाइ देऊ कि सजाय: कुञ्जना घिमिरे



काठमाडौं, १० चैत । गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् ।

आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफूलाई मानसिक यातना भएको गुनासो गरेकी छन् । ‘अब सुन्न र सहन सक्ने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय । तर जे गर्छौ छिटो गर ।’

आफूलाई तुच्छ गालीको वर्षा भइरहेको भन्दै कुञ्जनाले राज्यसँग मन दुखेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘अबको हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्वीर पठाउन सुरू भएको छ, विभिन्न तुच्छ गालीको वर्षा भइरहेको छ । म पनि मान्छे हुँ, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : १६ बजे