१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


भाईको निधनले गहिरो शोकमा करिश्मा केसी



काठमाडौं, १० चैत । नायक सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी शोकमा डुबेका छन् । करिश्माका भाई किरण केसीको सवारी दुर्घटनामा निधन भएको छ । भाइको निधन भएपछि करिश्मा गहिरो शोकमा डुबेकी छिन् ।

यस्तै, निर्देशक शोभित बस्नेतले पनि सामाजिक संजालमा भावुक पोष्ट गरेका छन् । करिश्माले पनि टिकटकमा भाईको निधनमा गहिरो शोक व्यक्त गर्दै भावुक पोष्ट गरेकी छिन् ।

२१ बर्षको उमेरमा किरणको सवारी दुर्घटनामा परेर निधन भएको हो । सलोन फिल्म ‘जय हो’को छायांकनका लागि पोखरा पुगेका थिए । तर, किरणको निधनको खबर पाएसँगै सलोन काठमाडौं फर्किएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : २८ बजे