१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका विद्यालयमा दादुराका शंकास्पद बिरामी



ललितपुर, ११ चैत । ललितपुर महानगरपालिका वडा नम्बर १ कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शंकास्पद बिरामी भेटिएका छन् । हालसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिर्पोट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ ।
सोमबार ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दादुरा रोग नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्यकर्मी परिचालन, तथ्यांक संकलन, औषधिको व्यवस्थापन, जनचेतनाको कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ३ : ३० बजे