११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


माधव नेपाल, झलनाथसहित नेताहरुले हेरे ‘छक्कापञ्जा ४’



काठमाडौं, १२ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् । दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका थिए ।
उनीहरुले त्यहाँ दिउँसो साढे १२ बजेको शोमा फिल्म हेरेका थिए । नेताहरुले आफैं नै टिकट खरिद गरेर फिल्म हेरेका हुन् । नेताहरुको यो हाइप्रोफाइल शोमा भाग लिन दीपाश्री, कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री बेनिशा हमाल पनि कीर्तिपुर पुगेका थिए ।
फिल्म हेरिसकेपछि नेता नेपाल र खनालले फिल्म मन परेको प्रतिक्रिया दिएको निर्माता शर्माले जानकारी दिए । ‘नेताहरुले फिल्म राम्रो बनेको र मन परेको बताउनुभयो,’ उनले भने । दर्शकसँगै हलको अघिल्लो लहरमा बसेर उनीहरुले फिल्म हेरेका थिए ।
समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्ने यो फिल्म आक्रामक कमाइको साथ अहिले हलमा चलिरहेको छ । शनिबार मात्रै यो फिल्मलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : ३५ बजे