१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकै दिन १६ जनामा भेटियो कोरोना सङ्क्रमण



 

१२ चैत्र । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ । चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुगेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल पनि देखिएको बताएका छन् । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा ९बुस्टर डोज० सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : ३१ बजे