११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौंको तिलगंगामा दुर्घटना, एक पैदल यात्रीको मृत्यु



१२ चैत्र । काठमाडौंको तिलगंगामा सडकमा सवारी दुर्घटनापछि एक पैदल यात्रीको मृत्यु प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ तिलगंगास्थित सडकमा बा.१७ च ५८६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका ७ घर भएका ४७ वर्षीय चन्दर गोसाईको बिहीबार मृत्यु भएको हो ।
गाडीको ठक्कर गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनमा घाइते भएका गाडीका सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १२ : ५० बजे