काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवा प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा धरौटी बुझाएर रिहा भएका हुन् ।
गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । तर धरौटी रकम नबुझाएपछि उनीहरुलाई जेल चलान गरिएको थियो ।
प्रतिक्रिया