१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुस्तकमा खोकनाको २० वर्षे योजना



ललितपुर, १४ चैत । ललितपुर महानगरपालिका २१ वडाले खोकनाको २० वर्षे योजना समेटिएको पुस्तक सार्वजनिक गरेको छ। महानगरका २९ वडामध्ये गुरुयोजना बनाउने पहिलो वडा पनि भएको छ।
मंगलबार ललितपुरको बखुन्डोलमा खोकना दुरदृष्टि पुस्तिकाको विमोचन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई हस्तान्तरण गरिएको हो। पुस्तकमा वडा नम्बर २१ मा पर्ने खोकना क्षेत्र अबको २० वर्षपछि कस्तो अवस्थामा रहन्छ ? भन्ने खुलाइएको वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए।
पुस्तकका लागि २०७६ देखि काम भएको उनले बताए। त्यस क्षेत्रका नागरिकसँग छलफल गरेर प्राप्त भएका सुझावलाई विज्ञ टोलीसँग बसेर छलफल गरी योजना निर्माण गरिएको उनको भनाइ थियो। महानगरपालिका प्रमुख महर्जनले खोकनाको २० वर्षे गुरुयोजना निर्माण गरेकामा खुशी हुँदै २९ वटै वडालाई त्यो कार्य तत्काल गर्न निर्देशन दिए।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  २ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।