काठमाडौं, १४ चैत । मिटरब्याजलाई सरकारले अपराधको परिभाषाभित्र राख्ने निर्णय गरेको छ। यसका लागि मुलुकी फौजदारी अपराधसंहिता संशोधन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितहरुको मागको सुनुवाइ गर्ने क्रममा उक्त निर्णय गरेको हो।मिटरब्याजबाट पीडित महत्तोरीका स्थानीयहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन्।








प्रतिक्रिया