१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जुरे पहिरो पीडितले नगदै राहत पाउने



सिन्धुपाल्चोक, ५ चैत । जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ ।
मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिन’ निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : २१ बजे