२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश, उपेन्द्रलाई हराएरै छोड्ने दाबी



उपेन्द्र यादवलाई बारा २ काज नताले बहिष्कार गर्ने सिके राउतको उद्घोष, कुशवाहालाई जितको अग्रिम शुभकामना

काठमाडौं
१५ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गतमंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ ।

‘पाटी् भित्रजनतलाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्ति नै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिनँ,’ उनले भने । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको भनाई छ । सिके राउतको सम्मान स्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा २ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।

‘सिके राउतजी मधेशको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मानगर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो । अहिले फेरि बारा २ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावना विपरित सत्ताबिना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौं । त्यसको सामना मात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीम ाप्रवेश गरेको छु,’– उनले भने ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १२ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।