ललितखबर
१९ चैत्र । ललितपुरको चापागाँउबासीले करिव ४ सय पुरानो बुद्धका ३ बटा मूर्ति चोरी भएको महिना दिनसम्म पनि प्रशासनले खोजि गरेर पुर्नस्थापना नगरेको भन्दै सडक बन्द गरेका छन् ।
विहान ८ बजेदेखि सडक बन्दको कार्यक्रम राखेर युवाहरु सडकमा उत्रेका हुन् । ऐतिहासिक मूर्ति रोजी गर्न दबाब दिन आयोजित बन्दमा युवाहरुले नाराबाजी समेत गरेका थिए ।
सडक बन्द गर्न पुगेका सम्पदा संरक्षणमा सक्रिय युवाहरुले हात हातमा प्लेकार्ड समेत बोकेर धर्ना दिएका थिए ।
गत फागुन १७ गते राती चापागाँउबजास्थित स्तुपाको उत्तरदिशामा रहेको नागमा आसन गरेर बसेका बुद्धको मूर्ति चोरी भएको थियो । त्यसको ११ दिनपछि फागुन २८ गते राती दक्षिण र पश्चिम दिशाको २ बटा बुद्धको मूर्ति हराएको थियो ।
मूर्ति हराएपछि प्रहरीले सुरक्षा सतृकता बढाउदै खोजी कार्य जारी रहेको बताएको छ । अपराज महाशाखाको टोलीले मूर्ति चोरीमा संलग्नहरुको खोजी द्रुत गतिमा भइरहेको प्रहरी बताउछ ।
पछिल्लो समय दक्षिण ललितपुरका झण्डै आधादर्जन मठ मन्दिर स्थुपाहरुबाट मूर्ति चोरी भइसकेका छन् । तर प्रहरी प्रशासनले फेला पार्न सकेको छैन ।
स्थानीय कर्ण देशारले केही समयमा प्रहरीले सडक खुलाएको बताए ।
प्रतिक्रिया