काठमाडौं, १९ चैत । काठमाडौं बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हाे ।
अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको हो। उनी शाखा अधिकृत हुन्।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए।
सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ट्रक तिव्र गतिमा नभएको र स्कुटर अगाडि भएको नदेख्दा दुर्घटना भएको सिसिटिभी फुटेजमा देखिन्छ। ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगिएकाे थियाे ।
प्रतिक्रिया