१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुर्घटनाः दुई जनाको मृत्यु



काठमाडौं, २० चैत । काठमाडौंका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ। गएराति साढे ११ बजे काठमाण्डौको जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ का ३५ वर्षका हरिशरण अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मेडिकल कलेज सिनामङ्गलमा ज्यान गएको हो।

यस्तै, काठमाण्डौको वसुन्धारामा बा १९ च ३३०८ नम्बरको भ्यानले बाग्मती प्रदेश ०२ ०४१ प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सुर्खेत भेरीगंगा नगरपालिका–१० का २७ वर्षका उपेन्द्र बुढाको ज्यान गएको छ। उनको गएराति ९ बजे ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ४७ बजे