१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पैसा बिछ्याएर टिकटक बनाउने ललितपुरका युवकलाई बोलायो प्रहरीले



अध्ययनको लागी विदेश जाने क्रममा कलेज फि बुझाउन बैकबाट पैसा निकाली रमाईलोको लागी खाटमा पैसा बिछ्याई भिडियो बनाएको

२३ चैत । प्रहरीले सामाजिक सञ्जाल टिकटकमा पैसा देखाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराई छाडेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले भिडियो पोष्ट गर्ने व्यक्तिलाई निगरानीमा राखिएको र सचेत गराई छाडेको जनाएको छ।

राष्ट्र बैंकले विभिन्न मितिमा संचार माध्यमबाट सुचना जारी गरी ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिहरु माथी खोजी कार्य थालेको भन्ने समाचार प्रकाशन पश्चात सो सम्बन्धमा परिसरले खोज तलास गरेको थियो। परिसरका अनुसार खोज तलास गर्दै जादा सामाजिक सञ्जाल टिकटकमा Fi_Venom99 ID प्रयोग गरी एक हजार,पाँच सय दरका नोटहरु राखी फोटो भिडियो पोष्ट गर्ने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास-१ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.-५ टिकाथली बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्य रहेको पाईएको छ ।

उनलाई सोधपुछ गर्दा अध्ययनको लागी विदेश जाने क्रममा कलेज फि बुझाउन बैकबाट पैसा निकाली रमाईलोको लागी खाटमा पैसा बिछ्याई भिडियो बनाएको भनि कागज गरेको परिसरले जनाएको छ । परिसरका अनुसार सो सम्वन्धमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अब उप्रान्त यस्ता प्रकारका गतिविधी नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  १२ : ११ बजे