१ हजार ६३५ नमूना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो
२४ चैत्र । पछिल्लो २४ घन्टामा देशभरगरिएको परिक्षणपछि थप ९९ जनामा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६३५ नमूना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७७ र एन्टीजेनबाट १४५८ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा २६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।








प्रतिक्रिया