२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ’



मेयर बालेनको अभिव्यक्ती संघीय सरकारले सुकुम्बासी बस्ती हटाउन सुरक्षा नदिएकोले आक्रोस रहेको अनुमान गर्न सकिन्छ

२५ चैत्र । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले विवादास्पद अभिव्यक्ती दिएका छन् ।आज विहानै सामाजिक सञ्जालमार्फत मेयर शाहले आजबाट सिंहदरबारको फोहोर उठ्ने उल्येख गरेका छन् । उनले साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ। भन्दै विवादास्पद स्टाटस लेखेका हुन् ।


शुक्रबार काठमाडौं तीनकुने गैरीगाँउस्थित वागमती किनारको सार्वजनिक स्थलमा लामो समयदेखि टहरा हालेर बसेका सुकुम्बासीबस्ती हटाउने तयारीपछि स्थानीयको प्रर्दशनले रोकिएको थियो । दंगा प्रहरी त्यहाबाट हटेपछि बस्ती हटाउने तयारी रोकिएको थियो ।

 

मेयर बालेनको अभिव्यक्ती संघीय सरकारले सुकुम्बासी बस्ती हटाउन सुरक्षा नदिएकोले आक्रोस रहेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।